४ मंसिर २०८३, शुक्रबार

पाँच नम्बर प्रदेशको आन्दोलनः कांग्रेसको विरोध, मधेसी मोर्चाले प्रतिकार गर्ने

55.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pardarshan-butwal

– नरेश केसी

भैरहवा, १९ मंसिर । विगत केही दिनदेखी चलेको प्रदेश नम्बर ५ को आन्दोलनमा सहभागी नहुन रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाकले विज्ञप्ती निकालेर पार्टी नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

यसैगरी प्रदेशमा चलेको बन्दप्रति मधेसी मोर्चा रुपन्देही पनि विरोध जनाएको छ । मोर्चाले आइतबार भैरहवामा पत्रकार सम्मेलन राखी विरोध जनाएको हो । मोर्चाले आन्दोलन तत्काल फिर्ता नभए प्रतिकार समेत गर्ने घोषणा गरेको छ ।

रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद समेत रहेका रज्जाकले उक्त आन्दोलनमा सहभागी नहुन अनुरोध गर्दै विज्ञप्ती निकालेका हुन् ।

यसैगरी प्रदेशमा चलेको बन्द प्रति मधेसी मोर्चा रुपन्देही पनि विरोध जनाएको छ । मोर्चाले आइतबार भैरहवामा पत्रकार सम्मेलन राखी विरोध जनाएको हो । मोर्चाले आन्दोलन तत्काल फिर्ता नभए प्रतिकार समेत गर्ने घोषणा गरेको छ ।

मोर्चाका संयोजक महेन्द्र यादवले एमालले जिल्लामा मुठभेठ गराउने खोजेको आरोप लगाउँदै ५ नम्बर प्रदेशमा पहाडलाई अलग गर्दा नाटकीय रुपमा आन्दोलन भइरहेको बताए । ‘यो आन्दोलन औचित्य छैन् । औचित्यहिन आन्दोलन नरोकिए मोर्चा प्रतिकारमा उत्रिन्छ,’ चेतावनी दिँदै उनले भने ।

यता कांग्रेस र मधेसी मोर्चाले आन्दोलनको विरोध गरिरहदा रुपन्देहीका संघसंस्थाले भने आन्दोलनप्रति एैक्याबद्धता जारी गरेका छन् । कलेज तथा क्याम्पसहरु आवद्ध संस्था हिसान रुपन्देही, विद्यालयहरुको संस्था प्याब्सन रुपन्देही, सिद्धार्थ उद्योग वाणिज्य संघले आन्दोलन प्रति एैक्याबद्धता जनाउदैैं सरकार र आन्दोलनरत पक्ष तत्काल सहमतीमा आउन आग्रह गरेका छन् ।

यता आइतबार पनि दिनभरी भैरहवा बन्द भएको छ । भैरहवाको बुद्धचौंकमा राष्ट्रिय झण्डा सहित बसेका आन्दोलनकारीहरुले दिनभरी नाराबाजी गरेका थिए । उनीहरुले भैरहवामा माइकिंग गर्दै बजार बन्द गर्न बजारमा आह्वान समेत गरेका थिए । बन्दका कारण भैरहवामा कुनैपनि सवारी साधनको आवागमन भएन ।

रुपन्देहीका जिल्लास्तरीय पार्टी संयन्त्र र विद्यार्थी संयन्त्रको निर्णय अनुसार बन्द अनिश्चितकालसम्म जारी राखिएको अनेरास्ववियु रुपन्देहीको सहसचिव लक्ष्मी केसीले जानकारी दिइन् ।

यो पनि पढ्नुस्ः

आन्दोलनमा नजान कार्यकर्तालाई कांग्रेसको निर्देशन