काठमाडौं, १९ मंसिर । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले ५ नंबर प्रदेशको सीमांकन सम्बन्धमा आफैले हस्ताक्षर गरेको संविधानका अन्तरबस्तुसम्बन्धी अबधारणा बिपरित मुख्य बिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले दोहोरो कुरा गरेर जनतामा भ्रम सिर्जना गरेको बताएका छन् ।
भक्तपुरको त्रिशुलडाँडामा आइतबार आयोजित धान्यञ्चल महायज्ञको शुभारम्भ गर्दै निधिले सोही अबधारणा अनुसार सरकारले सीमांकनमा हेरफेर गर्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता गरेको बताए ।
गृहमन्त्री निधिले संविधानका अन्तरबस्तुसम्बन्धी अबधारणाका हरेक पानामा हस्ताक्षर गरेका ओलीले अहिले ५ नंबर प्रदेशको सीमांकनका विषयमा दोहोरो कुरा गरेको आरोप लगाए ।
‘हिजो आफूले हस्ताक्षर गर्दा राष्ट्रवादी अनि अहिले त्यसैलाई राष्ट्रघाती भनेर ओलीजीले दोहोरो चरित्र देखाउनु भएको छ’, उपप्रधानमन्त्री निधिले भने ।
कांग्रेस नेता समेत रहेका निधिले निर्वाचन गराउनका लागि सरकारले संविधान संशोधनको प्रस्ताव दर्ता गरेको उल्लेख गरे ।











प्रतिक्रिया