पर्वत, १९ मंसीर । उर्जा तथा वातावरणीय विकास संस्था (सीड नेपाल) को आठौं अधिवेशन तथा सत्रौं साधारण सभा सम्पन्न भएको छ ।
अधिवेशनले नेत्रकला सुवेदीको अध्यक्षतामा ७ सदस्यीय कार्य समितिको चयन गरेको छ ।
समितिको उपाध्यक्ष आनन्द पौडेल सचिवमा लक्ष्मी बसेल र कोषाध्यक्षमा घनश्याम बसेल चयन भएका छन् । सदस्यहरुमा भने विष्णुप्रसाद तिवारी, नम्रता गिरी र प्रकाश पौडेल चयन भएका छन ।
यस अघि भएको अधिवेशनको उद्घाटन शत्रमा गैर सरकारी संस्था महासंघ नेपालका के्िरन्द्रय सदस्य तथा पश्चिमाञ्चल इन्चार्ज देवीप्रसाद तिमिल्सीनाले गैर सरकारी संस्थाहरु सरकारी निकायका सहयोग संस्था भएकोले अछुतो ब्यवहार नगर्न अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै तिमिल्सीनाले सामाजिक सशक्तिकरणमा गैससको भूमिका अतुलनीय रहेको समेत प्रष्ट पारे । सुशासन कायम गर्न सामाजिक लेखापरिक्षण र सार्वजनिक सुनुवाई सवै गैससहरुले गर्नुपर्ने बताउदै तिमिल्सीनाले सामाजिक एकतामा गैससले महत्वपूर्ण भूमिका खेल्न सक्ने समेत बताए ।
कार्यक्रममा मानअधिकार एलाइन्सका केन्द्रिय सचिव गोविन्द पहाडी, महिला तथा बालबालिका कार्यालयकी निर्मला पाण्डेय, गैसस महासंघ पर्वतका अध्यक्ष राजेन्द्र पौडेल, सामुदायिक सेवा समाजकी अध्यक्ष मानकुमारी गिरी, नेस्डो नेपालका कार्यक्रम अधिकृत उत्तम अधिकारी लगाएतले अधिवेशन सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्य समिति सदस्य रामचन्द्र नेपालीको स्वागत मन्तब्यमा सञ्चालन भएको उदघाटन शत्रको सञ्चालन संस्थाका कार्यक्रम संयोजक गणेश गिरीले गरेका थिए । सोहि अवसरमा संस्थाको आर्थिक बर्ष २०७२÷०७३ मा संस्थाले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा सामाजिक लेखापरिक्षण समेत सम्पन्न भएको थियो । सामाजिक लेखापरिक्षण कार्यको सहजीकरण गैसस महासंघ पर्वतका सचिव शिवप्रसाद शर्माले गरेका थिए ।













प्रतिक्रिया