१९ कार्तिक २०८३, बिहिबार

अबको टार्गेट स्वावियू निर्वाचन: नेविसंघ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nainsingh-mahar-nebisang

काठमाडौं, १९ मंसिर । अब हरेक शैक्षिक संस्थाले विभिन्न शिर्षकमा उपलब्ध गराएको छात्रवृत्ति सार्वजनिक रुपमा सबैले थाहा पाउने गरी सार्वजनि गर्नुपर्ने भएको छ ।

मंसिर २० गते बस्ने नेपाल विद्यार्थी संघको केन्द्रीय समितिको बैठकमा उक्त विषयमा गहन छलफल हुने भएको छ । सोमबार नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि प्रतिनिधि तोक्ने, पहिलो केन्द्रीय समितिले पास गरेका ऐजेन्डा कार्यान्वयनको अवस्था र बाँकी मुद्दाबारे समिक्षा हुने नेविसंघ स्रोतले बताएको छ ।

बैठकमा कलेज, स्कुल वा अन्य शैक्षिक संस्थाले उपलब्ध गराउँदै आएको छात्रवृत्ति अब उप्रान्त तीं शैक्षिक संस्थाले आफ्नो वेबसाइट वा सार्वजनिक सूचना पार्टीमा अनिवार्य रुपमा टाँस्नुपर्ने सम्बन्धि नेविसंघसँग भएको सम्झौता बारे कार्यान्वयन भए नभएको अनुगमका लागि समेत छलफल केन्द्रित हुने स्रोतले बतायो ।

सोमबारको बैठकमा मेडिकल शिक्षा, इन्जिनियरिङ, कृषिलगायतका शैक्षिक गुणस्तर र प्रमाणीकरणका बारेका ऐजेन्डा माथि पनि गहन छलफल हुने बताइएको छ ।

नेविसंघको आगामी ऐजेन्डा भनेको देशैभरमा स्वावियू निर्वाचन जसरी पनि सम्पन्न गर्ने र त्यसका लागि सोमबारकै बैठकले प्रतिनिधि चयन गर्ने बताइएको छ ।