काठमाडौं, १९ मंसिर । सुदूरपश्चिमका युवा पत्रकार शेरबहादुर सिंह ‘कृषि फ्रेस, कृषि पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन् ।
नेपाल कृषि पत्रकार प्रतिष्ठानले वर्षेनी प्रदान गर्दै आएको उक्त पुरस्कार आइतबार राजधानीमा आयोजित समारोहमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्की र कृषि राज्यमन्त्री राधिका तामाङले सिंहलाई हस्तान्तरण गरे ।
पत्रकारिताको माध्यमबाट समग्र कृषि क्षेत्रको विकास र अर्थतन्त्र र किसानको पक्षमा निरन्तर समाचार सम्प्रेषण गरी लामो समयदेखि पुर्याएको योगदानको मुल्यांकन गर्दै कृषि पत्रकार प्रतिष्ठानले आफ्नो तेस्रो वार्षिकोत्सवमा सुदूरपश्चिमबाट सिंहसहित देशभरका पाँच पत्रकारलाई जनहि १० हजार र प्रमाणपत्रसहित सम्मान गरेको हो ।
सुदूरपश्चिमका युवा पत्रकार सिंह हाल राष्ट्रिय समाचार समिति महाकालीको प्रमुख भएर कार्यरत छन् ।













प्रतिक्रिया