४ मंसिर २०८३, शुक्रबार

अनुराधाको प्रश्न- काश्मिर अलग देश बनाउन नेपालीले सुझाव दिए भारतलाई स्वीकार हुन्छ ?

44.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anuradha-thapa

काठमाडौं, १९ मंसिर । नेपाल मजदुर किसान पार्टीकी सांसद अनुराधा थापामगरले संविधान संशोधनमा भारतको दबाब र प्रभाव रहेको बताएकी छन् ।

आइतबारको संसद बैठकमा बोल्दै अनुराधाले भारतीय दबाबले मुलुकको सार्वभौमसत्ता खतरामा परेको बताइन् ।

‘रअका पूर्व प्रमुख आलोक जोशी १५ दिनदेखि काठमाडौंमा बसेर संविधान संशोधन विधेयक ल्याउन निर्देशन दिइरहेको सुनिएको छ,’ उनले भनिन्– ‘भारतीय राजदूतावासमार्फत पनि अस्वभाविक चलखेल भइरहेका छन् ।’

भारतले मधेसलाई उचालेको प्रमाणसहित पुष्टि भइरहेका बेला अनुराधाले काश्मिरको मुद्दा पनि उठाइन् । ‘के भारतको काश्मिर भुभाग अलग देश बनाउन नेपाल र नेपाली जनताले सुझाव दिएमा भारतलाई स्वीकार हुन्छ,’ प्रश्न गर्दै उनले भनिन्– ‘यो प्रश्न पनि नेपाली जनताले गर्दैछन् ।’

उनले अगाडि भनिन्– ‘नेपाली आन्तरिक मामिलामा हस्तक्षेप गरेका राजदूत रे र रअ पूर्व प्रमुखलाई अविलम्ब फिर्ता पठाउनुपर्दछ । हामी संसदबाट यो जोडदार माग गर्दछौं ।

हिन्दी भाषा पाहुना भाषा हो, राष्ट्रभाषा हुनै सक्दैन्

भारतीय दबाबमा हिन्दीलाई सरकारी कामकाजको भाषा बनाउने चर्चा व्यापक रुपमा उठिरहेको भन्दै अनुराधाले भनिन्– ‘हिन्दी भाषा पाहुना भाषा हो । अतिथि भाषा हो । नेपालका १२३ भाषामा हिन्दी भाषा जोडेर १२४ बनाउनपर्छ भन्ने प्रस्ताव पाहुना प्रस्ताव हो । यस्ता अभिव्यक्ति अतिथि अभिव्यक्ति हो । यस्तो प्रस्ताव ल्याउने कतै पाहुना बन्ने सोचका त होइनन् यो प्रश्न पनि जनताले उठाउँदैछन् ।’
संशोधन प्रस्तावले नेपाललाई सिक्किम बनाएरै छाड्छ
संविधान संशोधन प्रस्तावले नेपाललाई भविष्यमा सिक्कम बनाउने भन्दै त्यसैकारण आफूहरु विरोधमा उत्रिएको उनले बताइन् ।

‘संविधान संशोधन विधेयक पारित भए संसद र सरकारमा भारतीयको वर्चश्व बढ्दै जाने र अन्तत संसदबाटै घोषणा गरि नेपाल सिक्किम जस्तै भारतसँगै गाभ्ने रअको योजना सफल बनाउनेतिर उन्मुख छ । यसरी सरकारमा गएका नेताहरुलाई सिक्किमको लेण्डुप दोर्जेको स्थानमा गिराउने र देशको सार्वभौमिकता सदाको लागि गुमाउनेतिर उन्मुख संशोधन विधेयकलाई जनतासँगै हामीले पनि विरोध गरिरहेका छौं ।’

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=SxJM5zfoyoE