१९ कार्तिक २०८३, बिहिबार

संविधान संशोधनमा भारतीय चलखेलको कुरा उठेपछि संसदमा हंगामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sansad

काठमाडौं, १९ मंसिर । व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधनमा भारतको संलग्नता तथा राप्रपालाई मिलाएको भन्ने प्रसंगमा हंगामा भएको छ ।

सभामुख ओनसरी घर्तीले समय दिएपछि बोल्नुभएकी नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले संविधान संशोधनमा भारतको दबाब र प्रभाव रहेको बताउँदै यस्तो प्रवृत्तिले मुलुकको सार्वभौमसत्ता खतरामा पर्ने आशङ्का गर्नुभयो । उहाँले विदेशी शक्तिले दलहरुको एकता गराउने र फुटाउने खेल गरिरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘रअका पूर्व प्रमुख आलोक जोशी १५ दिनदेखि काठमाडौंमा बसेर संविधान संशोधन विधेयक ल्याउन निर्देशन दिइरहेको, राप्रपालाई मिलाएको तथा एमालेलाई विभाजन गराउन लागिपरेको सुनिएको छ ।’

उहाँको यो भनाईमा नियमापत्ति जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीका सुशीलकुमार श्रेष्ठले आफ्नो पार्टीको एकतामा कुनै बाह्य पक्षको हात नरहेको बताउनुभयो । थापाले आफूले एक अनलाइनमा आएको खबरका आधारमा सो अभिव्यक्ति दिएको जनाएपछि राप्रपाका सबै सांसद् उठेर विरोध जनाउनुभयो । सभामुखले थापाको उक्त भनाइ सम्पादन गर्न सचिवालयलाई निर्देशन दिनुभयो ।

यसअघि शुक्रबारको बैठकमा सांसद सीपी मैनालीले प्रधानमन्त्रीलाई ‘बहुला कुकुर’ले टोकेको भन्दा हंगामा भएको थियो ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=SxJM5zfoyoE