काठमाडौं । व्यापारिक रुपमा ऐतिहासिक सफलता कायम गर्न सफल फिल्म ‘छक्का पञ्जा’ ले प्रदर्शनको ७७ दिने पुरा गरेको छ ।
यसै सन्दर्भमा फिल्मा लेखक एवं निर्माता दीपकराज गिरीले फिल्मको कथाबारे नयाँ खुलासा गरेका छन् । दैनिक नेपालसँगको कुराकानीमा उनले फिल्म ‘छक्का पञ्जा’ कथा पत्रिकामा समाचार पढेर लेखेको खुलासा गरे ।
‘एक दिन कान्तिपुर पत्रिका पढिरहेको थिए । धादिङ/मुस्ताङको एउटा समाचारमा मेरो नजर पर्यो । जहाँ एक पुरुष विदेश जाँदा श्रीमतीलाई उनकै साथीले भगाएको लेखिएको थियो । त्यसपछि विदेशवाला पुरुष घर फर्किएर आफ्नी श्रीमती भगाउने साथीकै श्रीमती भगाएको कुरो आयो । यो समाजमा जल्दोबल्दो ताजा घटना हो र फिल्म बनाउनुपर्छ भन्ने लाग्यो र कथा लेखे,’ दीपकले भने– ‘त्यसपछि साथीहरुसँग सल्लाह गरेर फिल्म निर्माणको काम सुरु गर्यौं । आज नतिजा देखिहाल्नुभयो ।’
निर्माता दीपकले आजकलका दर्शकले मनोरञ्जन खोजिरहेको भन्दै अबका फिल्मका कथामा नयापन आउनुपर्ने बताए । उनका अनुसार फिल्मले १५ करोड भन्दा बढी कमाइसकेको छ ।
‘छक्का पञ्जा’ मा दीपकसहित नायिका प्रियंका कार्की, कलाकारहरु शिवहरी पौडेल, जितु नेपाल, बुद्धि तामाङ, बर्षा राउत, नम्रता सापकोटा, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

















प्रतिक्रिया