काठमाडौं, १९ मंसिर । चिकित्सा शिक्षा सुधारका लागि २२ दिनदेखि आमरण अनसनमा रहेका डा गोविन्द केसीले सरकारसँग शनिबार राति भएको १२ बुँदे सहमतिपछि अनसन तोडेका छन् ।
आइतबार विहान शिक्षण अस्पतालमा भूकम्पमा परेका अढाई बर्षीय बालक मर्साङ तामाङको हातबाट जुस पिउँदै डा. केसीले अनसन तोडेका हुन् ।
चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन वरिष्ठताका आधारमा नियुक्ति लगायतका १० बुँदे माग डा. केसीले कात्तिक अन्तिम सातादेखि अनसन सुरु गरेका थिए ।












प्रतिक्रिया