४ मंसिर २०८३, शुक्रबार

राष्ट्रघाती संशोधन संसदमा प्रवेश गर्न दिन्नौँ : एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yubraj-Gewaliकाठमाडौं, १९ मंसिर । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले तराई र पहाडलाई टुक्र्याएर दीर्घकालमा तराईलाई नेपालबाट अलग गराउने डिजाइनमा संविधान संशोधनको राष्ट्रघाती प्रस्ताव आएको दाबी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा आइतबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै तराईलाई टुक्र्याउन भइरहेका षड्यन्त्रप्रति नेकपा (एमाले) र नेपाली जनता सचेत रहेको बताउनुभयो ।

‘देश टुक्र्याउने षड्यन्त्रविरुद्ध सबैले आन्दोलन गर्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मिलेर बसेका तराई र पहाडका जनतालाई विभाजित गर्न खोज्ने शासकविरुद्ध आन्दोलन अपरिहार्य छ ।’

पाँच नम्बर प्रदेशबाट पहाड र तराईलाई जसरी छुट्याउने प्रयास भइरहेको छ त्यसले राष्ट्रियतामा ठूलो असर पुगाउने उहाँको भनाइ छ । ‘राष्ट्रियतामा आँच आउने संशोधन प्रस्तावलाई संसदमा पेश गर्न दिन्नौँ’, उहाँले भन्नुभयो, ‘संसद अवरोध भइरहन्छ ।’