१ कार्तिक २०८३, आइतबार

श्रीलङ्काली संसदबाहिर प्रहरीले अश्रुग्यास प्रयोग गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

420857-341393-mahinda-rajapakseकोलम्बो, १९ मंसिर । श्रीलङ्काली संसदमा वार्षिक बजेटका विषयमा छलफल भइरहेको समयमा शनिबार संसदबाहिर प्रतिपक्षीका समर्थक हजारौँ प्रदर्शनकारीलाई भगाउन प्रहरीले अश्रुग्यास तथा पानीको फोहरा प्रयोग गरेको छ ।

प्रदर्शनकारीलाई पूर्व राष्ट्रपति महिन्दा राजापक्षका समर्थकहरूले नेतृत्व गरेका थिए र उनीहरूले यातायात अवरुद्ध पार्नुका साथै संसद जाने मार्गलाई निकै घण्टासम्म रोकिदिए ।

प्रतिपक्षी सांसद रणजित सोयसाले प्रदर्शनकारीहरूले स्थानीय निर्वाचनको माग गरेको बताउनुभयो । नयाँ निर्वाचन प्रणाली तयार गर्न गत वर्ष गरिनुपर्ने स्थानीय निर्वाचन रोकिएको छ ।

उहाँले संसदमा प्रहरीले अश्रुग्यास प्रयोग गरेको र आफूसहित १० सांसद प्रभावित भएको बताउनुभयो ।

यसअघि श्रीलङ्कामा सडक मार्ग सुरक्षित बनाउन यातायात कानुन उल्लङ्घन गर्नेलाई गरिने जरिवाना ५० गुणा बनाउन राखिएको प्रस्तावको विरोध गर्ने निजी बस सञ्चालक तथा चालकसँग प्रहरीको भिडन्त भएको थियो । – एएफपी