मुम्बई । दक्षिण भारतका सुपरस्टार अभिनेता रजनीकांत चेन्नईमा शनिवार साँझ शूटिंगका बेला चोट लागेर घाइते भएका छन् ।
रजनीकांतले आजकल लाइका प्रोडक्शनको फिल्म २.० को शूटिंग गरिरहेका छन् ।
रजनीकांतका बारेमा जानकारी राख्ने एक समर्थकले फिल्म शूटिंग गरिरहेका बेला चोट लागेको जनाएका छन् । चोट लागेपछि रजनीकांतलाई
तत्काल नजिकको अस्पतालमा लगेर प्राथमिक उपचार गरिएको छ । उपचारपछि रजनीकांत अहिले ठीक रहेको समाचारमा उल्लेख छ ।
रजनीकांतको सुपरहिट फिल्म १.० के सीक्वल फिल्म २.० को शूटिंग गरिरहेका छन् । यो फिल्ममा बलिवुड स्टार अक्षय कुमारले भिलेनको भूमिकामा अभिनय गर्दै छन् । – एजेन्सी















प्रतिक्रिया