४ मंसिर २०८३, शुक्रबार

संविधान संशोधनमा सहमति जुटाएर सरकारले निर्वाचन घोषणा गर्छः प्रधानमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPN Maoist Centre Secretariat meeting

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पोलिट्ब्यूरो बैठकमा शनिबार समसामयिक राजनीतिक परिस्थितिबारे जानकारी गराउनुहुँदै पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी र मधेशी मोर्चासँग सरकार निरन्तर सम्वादमा रहेको र संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

प्रचण्डले सबै दलको सहमतिमै संविधान संशोधन हुने बताउनुभएको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । ‘अध्यक्षले बैठकमा संविधान संशोधनमा सबै सहमति जुटाउन सरकार प्रयत्नशील रहेको कुरा जानकारी गराउनुभयो,’ प्रवक्ता भुषालले भन्नुभयो ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक विषयमा छलफल चलिरहेको बैठकमा आइतबारदेखि नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।