१९ कार्तिक २०८३, बिहिबार

संविधान संशोधन प्रस्तावविरुद्ध आन्दोलनको औचित्य छैनः मन्त्री लेखक

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekhak

– नवराज श्रेष्ठ

रामेछाप, १८ मंसिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले संविधान संसोधन प्रस्तावलाई लिएर भएका आन्दोलनको कुनै औचित्य नभएको बताएका छन् ।

उनले संविधान कार्यान्वयनका लागी संसेधन अत्यावश्यक भएको बताए। नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा शुक्रबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री लेखकले सबै भाषालाई मात्रि भाषाका रुपमा संविधानमा राख्नुपर्ने भएकाले पनि संविधानको संशोधन अनिबार्य भएको बताए ।

पुरानो वा नयाँ संरचना जेमा भएपनि अब स्थानिय निकायको निर्वाचन हुने उनले ठोकुवा गरे । कार्यक्रममा कांग्रेस रामेछापका सभापती लवश्री न्यौपानेले जिल्लाको क्षेत्र नं १ को हलेदे धोबि सडक खण्ड र मन्थली पकरबास गाल्पा सडकखण्ड पिचको काम चाडो गर्नका लागी पहल गरिदिन आग्रह गरे । उनले क्षेत्र नं २ मा रहेको कोलान्जर घाटमा बनाउने भनिएको पुलको काम पनि चाडै सुरु गर्ने बाताबरण बनाई दिन आग्रह गरे ।

त्यस्तै रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष श्याम थापाले तराईवाट आउने ढुवानीका साधनलाई सिन्धुलीले रोक लगाउने गरेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा मन्त्री लेखकले रामेछापको बिकासमा आफु चिन्तीत रहेको भन्दै समस्या रहेका बिषयमा सरोकारवाला निकायसंग छलफल गर्ने आश्वासन दिए ।