
विराटनगर, १८ मंसिर । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले संविधान संशोधन विधेयकलाई परिमार्जन गरेर सबैको चित बुझ्ने गरी निकास निकाल्नुपर्नेमा जोड दिएका छन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले प्रमुख दललाई सहमतिमा ल्याएर यसलाई पारित गर्नुपर्ने विषय महत्वपूर्ण भएको बताए ।
सीमांकनमा एकै पटक सबैको चित्त बुझ्न नसकिने बताउँदै उनले दुवै पक्षले अतिवादी दृष्टिकोणलाई छाडी मध्यमार्गी बाटो अपनाएर समस्या समाधान गर्नुपर्ने सुझाव दिए ।
संविधान संशोधनका सम्बन्धमा आफूले प्रमुख दलबीच सहमतिका लागि वातावरण बनाउने पक्षमा प्रयास थालेको जानकारी गराए ।











प्रतिक्रिया