४ मंसिर २०८३, शुक्रबार

भारतीय दूतावासको अगाडि यसरी घन्कियो ‘भारतीय बिस्तारवाद मूर्दावाद’

30.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

greater-nepalकाठमाडौं, १७ मंसिर । भारतीय बिस्तारवाद र सुगौली सन्धीविरुद्ध प्रदर्शनमा उत्रिएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् ।

सुगौली सन्धीका बेला भारतले कब्जा गरेको नेपाली भूमि फिर्ता गर्नुपर्ने माग गर्दै काठमाडौंको लैनचौरस्थित भारतीय राजदूतावास नजिकै पुगेका मोर्चाका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

ज्ञापनपत्र बुझाएपछि मोर्चाले भारतीय दूतावास अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लासमेत दह गर्ने कार्यक्रम राखेको थियो । पक्राउ परेपछि मोर्चाका कार्यकर्ताले मोदीको पुत्ला जलाउन भने पाएनन् ।

पक्राउ पर्नेवित्तिकै मोर्चाका कार्यकर्ताले ‘भारतीय बिस्तारवाद–मूर्दावाद’, ‘लाचार सरकार–मूर्दावाद’ भन्दै नारावाजी गरेका थिए ।

पक्राउ पर्नेमा ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालसहित दिल्लीराम खनाल, राजु श्रेष्ठ, प्रेम क्षेत्री, सुरेश गिरी, जगदीश लामिछाने, सरद चन्द, रमा अर्याल र आर्या न्यौपाने लगायतका समर्थकहरू रहेका छन् ।

दरबारमार्गस्थित प्रहरी परिसरमा राखिएका उनीहरूलाई साढे छ बजे प्रहरीले रिहा गरिदिएको छ ।

सुगौली सन्धीका बेला गुमेको नेपाली भू–भाग फिर्ता हुनुपर्ने मागसहित उनीहरू भारतीय दूतावास नजिकै कार्यक्रम गर्न लाग्दा पक्राउ उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो ।

15326365_1871954876424043_8394766754225677241_nनेपालमा के छ भरतको डिजाइन ?

‘फिजी’ देशमा सन् १९७७ मा भारतको दवावमा भारतीय मूलका नागरिकहरूलाई नागरिकता दिने निर्णय गरिएको थियो । १९८७ देखि १९९० सम्म फिजीमा संविधान बिहीनताको अवस्थामा थियो । संवैधानिक शून्यताको फाइदा उठाएर भारतले उक्त अवधिसम्म फिजीमा रहेका सबै भारतीयहरूलाई नागरिकता दिनुपर्ने भनि दिएको दबाब अनुसार नयाँ संविधानको धारा २० मा फिजीमा जन्मेका जुनसुकै व्यक्ति नागरिक हुने प्रावधान राख्न लगायो ।

सोही ऐनमा कुनै बालक निजको बाबुले फिजीको नागरिकता लिनुभन्दा पहिले विदेशमा जन्मेको भएपनि नागरिकता पाउने प्रावधान समेत राखियो ।

सन् १९८१ मा ५८८ को संख्यामा रहेका भारतीयहरूको जनसंख्या सन् १९९६ सम्म आइपुग्दा ३ लाख ३९ हजार पुग्यो र यहि नक्कली नागरिकताको आडमा भारतीय नागरिक महेन्द्र चौधरी प्रधानमन्त्रीमा विजय हासिल गर्न सफल भए । संसदमा ७१ सिटमध्ये ३७ सिट भारतीय नागरीकहरूको हातमा गयो । राष्ट्रको सर्बोच्च पदमा अंगीकृतले पाउनुपर्ने गरी गरिन लागेको संबिधानको संशोधन नेपाललाई फिजीकरणको डिजाइनमा आएको प्रष्ट छ ।