काठमाडौं, १७ मंसिर । प्रधान सेनापति राजेन्द्र क्षत्रीले सिराहास्थित श्री नयाँगोरख गणको निरीक्षण गर्नु भएको छ ।
निरीक्षण भ्रमणको क्रममा क्षत्रीले उक्त गणको स्थलगत बस्तुस्थिति बिवरण, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको छ । सोही अवसरमा उहाँले सकलदर्जालाई सम्बोधन गर्नुहुँदै उच्च मनोबलकासाथ निस्वार्थ भावनाले अभिप्रेरित भई मुलुक र मुलुकबासीको हीत रक्षार्थ अनुशासित, संयम् एवम् पेशेवर ढङ्गले कार्य गर्न निर्देशन दिनु भएको थियो ।
नियमित निरीक्षण भ्रमणको क्रममा श्री पूर्वी पृतना हे.क्वा.अन्तरगतका युनिटहरुको निरीक्षण भ्रमण पश्चात् प्रधान सेनापति क्षत्री आजै काठमाण्डौ फिर्ता हुनु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
संविधान संशोधन प्रस्ताव आएपछि बढ्दो सुरक्षा चुनौतिका बीच प्रधानसेनापति क्षत्री देशदौडाहमा छन् ।













प्रतिक्रिया