१९ कार्तिक २०८३, बिहिबार

आर्थिक अपचलन गरेपछि चित्रबहादुरलाई पार्टीवाट निष्कासन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-flagनेपालगंज, १७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)को भेरी ब्यूरोले बाँकेका नेता चित्रबहादुर विकलाई कारबाही गरेर पार्टीको सम्पूर्ण जिम्मेवारीवाट निष्काषन गरेको छ ।

बाँकेका जिल्लाको सचिवालय सदस्य विकले आर्थिक अपचलन गरेको भन्दै कारबाही गरेर पार्टीबाट निस्कासन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

भेरी ब्यूरो ईञ्चार्ज जीवनद्वारा जारी गरिएको विज्ञप्तिमा पार्टीको नीति विपरितका गतिविधिहरू सञ्चालन गरेका चित्रबहादुर विकलाई सम्पूर्ण जिम्मेवारीवाट निस्कासन गरिएको उल्लेख छ ।

‘चरम आर्थिक अराजकता गरेकोले आजकै मितिदेखि पार्टीको सम्पूर्ण जिम्मेवारीवाट निस्कासन गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

‘विप्लव’ माओवादीमा पछिल्लो समयमा आर्थिक विषयमा केन्द्रीय नेताहरू समेत विवादमा मुछिँदै आएका छन् । माइला लामादेखि प्रेम दर्नालसम्मका नेताहरू पार्टीका नाममा लाखौँ रुपियाँ चन्दास्वरुप संकलन गरेर गम्भीर विवादमा परिसकेका छन् ।

केन्द्रमा देखिएको आर्थिक अपचलनको विषय पछिल्लो समय जिल्ला–जिल्लाका नेताहरूमा समेत देखिन थालेको छ ।