रामेछाप, १७ मंसिर । रामेछाप जिल्लामा आफैले बोकेको राको जिउमा सल्कीदा एक बृद्धको ज्यान गएको छ ।
मंसिर १५ गते राती आफैले बोकेको राकोले पोलेर सक्त घाईते भएका दोरम्बा गाविस वडा नं ७ का ६० बर्षिय टेक बहादुर थापामगरको उपचारको क्रममा शुक्रबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
राती दिमापोखरी गाविस वडा नं ४ राम्चेबाट बाँसको राँको बालेर घर जाने क्रममा खाल्डोेमा परि लडेको र आफैले बोकेको राँको लगाएको कपडामा सल्कीएर थापा गम्भीर घाईते भएका थिए ।
घाईते थापालाई तत्काल परिवारले उपचारका लागी काठमाण्डौ लगेका थिए ।
थापाको किर्तिपुर अस्पताल काठमाण्डौमा उपचारकै क्रममा शुक्रबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रबक्ता प्रेम जोसीले जानकारी दिएका छन् ।













प्रतिक्रिया