दोलखा, १७ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख राजनीतिक शक्तिहरू मिलेर जारी राजनीतिक संकट समाधान गरी निकास दिनुपर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन दोलखा शाखाले शुक्रबार बिहान चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले अहिले संविधान संशोधन प्रसताव दर्तासंगै आएका असन्तुष्टिलाई छलफलबाट निकास दिन सकिने बताउनुभयो । ‘संशोधनका विषयमा देखिएको असन्तुष्टिलाई छलफलबाट मिलाउन सकिन्छ’, उहाँले भन्नुभयो ।
एमालेले सदन अबरोध गर्नुभन्दा पनि राजनीति निकास दिन जिम्मेवार बन्नुपर्ने नेता सिंहले बताउनुभयो ।
सत्तासमीकरण परिवर्तन हुँदा नै सहमति भएका विषयलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभएका कांग्रेस नेता सिंहले भन्नुभयो, ‘निर्वाचनको वातावरण निर्माण गर्नेछ र मधेस केन्द्रित राजनीति दलहरूका जायजमाग पूरा गरेर अघि बढ्ने समझदारी भएकाले निर्वाचनको वातावरण कै लागि सरकारले प्रताव दर्ता गरेको हो ।’











प्रतिक्रिया