काठमाडौं, १७ मंसिर । प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संसदको आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।
स्रोतका अनुसार राष्ट्रघाती संविधान संशोधनको प्रस्ताव फिर्ता नहुँदासम्म सदन अवरोधलाई जारी रहनेछ । एमालेले कुनै पनि हालतमा संविधान संशोधनको प्रस्तावलाई नमान्ने चेतावनी दिइसकेको छ ।
पाँच नम्बर प्रदेशका तराई र पहाडी जिल्ला टुक्र्याउने गरी ल्याइएको संविधान संशोधनको प्रस्तावमा एमालेले चर्को विरोध जनाइरहेको छ ।
बिहीबारको संसद बैठक अबरोध गरेको एमालेले आजको बैठक पनि चल्न नदिने भएको हो । संसदको बैठक अपरान्ह तीन बजे बस्दैछ ।











प्रतिक्रिया