काठमाडौं, १७ मंसिर । संविधान संशोधनको चौतर्फी विरोधका साथै सडक आन्दोलनहरू उग्रबन्नथालेपछि सो विषयमा समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक आह्वान गर्नुभएको छ ।
लाजिम्पाटस्थित निवासमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालय बैठकमा संविधान संशोधनमा भइरहेको विरोधका विषयमा छलफल हुनेछ । माओवादी केन्द्रभित्रै पनि संशोधन प्रस्तावका विषयमा एकमत छैन ।
कांग्रेसका पाँच नम्बर प्रदेशका नेता र सांसदहरू पनि विरोधमा गइसकेका छन् । विशेष गरेर रोल्पा, प्यूठान, रुपन्देही, पाल्पा, अर्घाखाँची र गुल्मीका नेताहरू आन्दोलित छन् ।
एमाले र अन्य दलहरू पनि पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरू टुक्राउन नहुनेभन्दै विरोधमा उत्रिएका छन् ।











प्रतिक्रिया