३ कार्तिक २०८३, मंगलबार

यातायात मन्त्री लेखकद्धारा चन्द्रागिरि केबलकारको भ्रमण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramesh-lekhak-1

काठमाडौं, १६ मंसिर । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले विहिबार चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गर्नु भएको छ । उक्त अवसरमा मन्त्री लेखकले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना गर्नु भयो ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गर्नुको साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्नुभयो ।

ramesh-lekhak

मन्त्री लेखकबाट अवलोकन भ्रमण पश्चात कम्पनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै कम्पनी परिवारलाई हौसला प्रदान गर्नुभएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ ।

चन्द्रागिरि हिल्सको संक्षिप्त विवरण

धार्मिक महङ्खव
दक्ष प्रजापतिको यज्ञमा होमिएकी सतीदेवीको मृत शरीरलाई देवादिदेव महादेवले बोकेर पृथ्वी परिक्रमा गर्दा जहाँ सतीदेवीको भाल अर्थात् निधार पतन भयो, त्यस ठाउँमा ‘भालेश्वर’ महादेव उत्पन्न भएको कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।

सुमुखनामक गन्धर्वसँग भालेश्वर महादेवको प्रसंग जोडिएको छ । स्वर्गको इन्द्रसभाबाट भोग–विलास सिद्धयाइँ फर्कन लागेकी रम्भालाई सुमुखले बलजफ्ती चुम्बन गरे । रिसाएकी रम्भाको श्रापले सुमुख मत्र्यलोकमा आउन बाध्य भए । मत्र्यलोकमा भौँतारिएका सुमुखलाई गालव ऋषिले प्रत्येक दिन तीर्थमा स्नान गरी भालेश्वरको दर्शन गर्न उपदेश दिए । उपदेशबमोजिम गर्दै जाँदा भालेश्वर महादेव प्रकट भए र वर माग भनी भन्दा हजुरको गण भई बस्न पाऊँ भनी सुमुखले वर मागे । रम्भाले पहिले अपमान गरेकीले केही काल रम्भासँगको भोगविलास गरेपछि आफ्नो गण भएर बस्न भालेश्वर महादेवले सुमुखलाई वर प्रदान गरे र त्यसैअनुसार काम भयो भन्ने कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।
ब्राह्मण कुलमा जन्मिएका विरूपाक्षबाट पूर्वजन्मको कर्मको फलस्वरूप विभिन्न पापकर्म एवं मातृगमनसमेत भयो । कुष्ठ रोगले ग्रस्त विरूपाक्ष यत्रतत्र बरालिन थाले । बरालिँदै जाँदा सुनकोशीको किनारमा नेमुनिलाई भेटी नेमुनिको उपदेशअनुसार प्रायश्चित्तका लागि चौसठ्ठी शिवलिङ्गको दर्शन गर्न विरूपाक्ष हिँडे । यसरी हिँडेका विरूपाक्षले लिङ्गहरूको दर्शन गर्दै जाँदा तीर्थमा नुहाएर भालेश्वर महादेवको दर्शन गर्दै पूजा अर्चना गरेको कुरा हिमवत्खण्डमा उल्लेख गरिएको छ ।

समुद्री सतहबाट २,५५१ मिटरको उचाइमा अवस्थित यस भालेश्वर महादेवको दर्शन गर्नाले भक्तजनको मनोकांक्षा पूरा भई अन्त्यमा शिवलोकमा वास हुने जनश्रुति पाइन्छ ।

ऐतिहासिक महङ्खव

चन्द्रागिरि प्राचीनकालदेखि नै ऐतिहासिक रूपले महङ्खवपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै सुन्दर नेपाल उपत्यकाको अवलोकन गरेका थिए । त्यति मात्र होइन यही स्थानमा पृथ्वीनारायण शाहले आध्यात्मिक साधनामा साधनारत रहेर नेपाल उपत्यका एकीकरणको लागि शक्ति आर्जन गरेका थिए भन्ने जनविश्वास यस क्षेत्रमा पाइन्छ । नेपाल उपत्यकाका मल्ल राजाहरूले चिन्छन् कि भनेर उनी घुम ओढेर चन्द्रागिरि डाँडाबाट आफ्नो राज्य गोरखातर्फ लागे भन्ने बयान पृथ्वीनारायण शाहको उपदेशमा पाइन्छ ।

पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरि हुँदै पmर्केका र उपत्यकाको अवलोकनपछि नेपाल उपत्यकाका राज्यलाई जित्ने दृढ निश्चय गरेको उनको उपदेशमा उल्लेख गरिएको छ । उनको साथमा रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणी गरेको पृथ्वीनारायण शाहको उपदेशमा लेखिएको छ । नेपाल एकीकरणको प्रारम्भबिन्दु चन्द्रागिरिबाटै शुरू भएको र त्यो इच्छा ‘भालेश्वर महादेव’ ले पूरा गरिदिएको जनविश्वास अहिलेसम्म पनि यस क्षेत्रमा रही आएको छ ।