दोलखा, १६ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रमुख दलहरू मिलेर गए मात्रै मुलुकको अहिलेको समस्या समाधान गर्न सक्ने बताएका छन् ।
दोलखाको चरिकोटमा भीमबहादुर तामाङ स्मृति तथा बिकास केन्द्रले बिहीबार आयोजना गरेको कार्यक्रममा नेता सिंहले अहिले सबै राजनीति दलहरू मिलेर संविधान कायनयनको वातावरण बनाउन लागि पर्नुपर्ने उल्लेख गर्नुभयो ।
‘लामो संघर्षको बलमा जारी भएको संविधान कार्यान्वयन गराउन नसके मुलुक असफताको बाटोतिर जान्छ’, उनले भने, ‘राजनीतिक अस्थिरता निम्तन नदिन संविधान कार्यान्वयन आवश्यक छ ।’
नेता सिंहले सरकार अहिले संविधान संशोधन गरेर निर्वाचनको वातावरण बनाउन सक्रिय रहेको बताए ।
कांग्रेसका नेता स्व.भीमबहादुर तामाङको स्मृति दिवसका अवसरमा दोलखामा जिल्ला स्तरीअन्तर गाविस पुरुष भलिबल प्रतियोगिता कार्यक्रम गरिएको छ । प्रतियोगितामा जिल्लाका १७ टिमले भाग लिएका छन् ।












प्रतिक्रिया