– नरेश केसी
भैरहवा, १६ मंसिर । रुपन्देही सदरमुकाम भैरहवामा मधेसी मोर्चाको अगुवाई विहीबार दिनभर बन्द भयो ।
मोर्चाको बन्दको कारण भैरहवा क्षेत्रको बजार, उद्योग, तथा यातयात ठप्प भएको थियो । एमाले निकटको मोर्चाले गरेको बन्दमा एमाले, राजमो, कांग्रेस निकटका युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
यसैगरी विहीबार दिनभरी अखिलको आयोजनामा रुपन्देहीका शैक्षिक संघसंस्था बन्द भएका छन् ।
सरकारले मंगलबार सांझ संसदमा दर्ता गराएको संविधान संशोधनको विरोधमा अनेरास्ववियुले जिल्लाको शैक्षिक संस्था बन्द आयोजना गर्दै भैरहवाको मुख्य चौंक बुद्धचौंकमा आगो बालेको हो ।
एमाले निकटको विद्यार्थी संगठनले बुद्धचौंकमा आगोको मुश्लो उठाउँदा भैरहवा क्षेत्रमा कहां के भएछ भनेर हल्ला खल्ला मच्चिएको थियो ।
विद्यार्थीहरुले नेपालको झन्डा र आफ्नो संगठनको झन्डा सहित बुद्धचौंकको चारैतर्फ टायर बालेर आगोको मुश्लो उठाउदैं सरकारविरुद्ध चर्का नाराबाजी गरिरहेका थिए ।
विहाना विहानै उनीहरुले प्रचण्ड सरकार राजीनामा दे, ५ नम्बर प्रदेश टुक्राउन पाइदैन भन्दै चर्का नाराबाजी समेत गरेका थिए ।












प्रतिक्रिया