४ मंसिर २०८३, शुक्रबार

दवाव दिन संघीय गठबन्धनले अन्तरक्रियात्मक आन्दोलन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanghiya_gathabandhan-650x295

– विमल योगी

काठमाडौं, १६ मंसिर । संघीय गठबन्धनले संविधान संशोधन प्रस्तावमा आफ्ना सम्पूर्ण मागहरु समेट्न आन्दोलन गर्ने निर्णय गरेको छ । र, यो आन्दोलन दबाबमुखी हुनेछ ।

काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा बिहीबार बसेको गठबन्धनको बैठकले सरकारलाई मधेसका मागहरू संशोधन प्रस्तावमा समेट्ने दबाब दिन अन्तरक्रियात्मक आन्दोलन गर्ने निर्णय गरेको तमलोपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिनुभयो ।

‘सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले हाम्रा माग पूरा नगरेको हुनाले अस्वीकार गर्ने निर्णयमा पुग्यौं’, ठाकुरले भन्नुभयो, ‘यथास्थितीमा स्वीकार गर्न सकिन्न् ।’

अघिल्लो संविधानसभाको राज्य पुनर्संरचना सम्बन्धी समिति र आयोगले दिएको सुझावअनुसार संशोधन हुनुपर्छ भन्ने आफूहरूको माग रहेको सुनाउँदै ठाकुरले भन्नुभयो, ‘यो प्रस्तावले संघीय संरचना, सीमांकनमा हाम्रो एउटा पनि माग पूरा हुँदैन् । सीमांकन समाधान नभएसम्म चुनावमा जाने कुरै हुँदैन् । अब सरकारलाई दबाब दिन कार्यक्रम गर्छाैं ।’

उहाँका अनुसार अब संघीय गठबन्धनले सरकारलाई दबाब तथा सुझाव दिन छलफल, गोष्ठी जस्ता कार्यक्रम गर्नेछ ।

सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले संशोधन प्रस्ताव अपुरो भएकाले अस्वीकार गर्ने निर्णय भएको बताउनुभयो ।

‘नागरिकता, भाषा, सीमांकन, समावेशिताका मुद्दामा जसरी अगाडि ल्याइएको छ त्यसरी सम्बोधन हुने देखिएन् । र, अस्वीकार भएको छ’, उहाँले भन्नुभयो ।

यसअघि बुधबार बसेको मधेसी मोर्चाको बैठकले पनि यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने निर्णय गरेको थियो । प्रधानमन्त्रीसँग आजै बिहान भएको छलफलमा संशोधन प्रस्ताव परिमार्जनको माग गरेको थियो ।