४ मंसिर २०८३, शुक्रबार

प्रचण्डको नयाँ प्रस्ताव मधेसी मोर्चाले स्वीकार गर्यो, अब संविधान संशोधन अघि बढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha_meeting-650x326

काठमाडौं, १६ मंसिर । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन प्रस्ताव परिमार्जन गर्ने सहमति भएको छ ।

आज बिहान बालुवाटारमा बसेको सत्तारुढ दल र मधेसी मोर्चाको बैठकमा मधेसवादी दलका नेताहरुले संशोधन प्रस्तावमा आफूहरुले उठाएको मागहरु थोरै मात्र समेटिएको गुनासो गरेपछि प्रधानमन्त्री प्रचण्डले थप परिमार्जनको प्रस्ताव गरेका थिए । त्यसमा मधेसी नेताहरुले समर्थन जनाएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बैठकमा के के भयो ? माओवादी केन्द्रका नेता वर्षमान पुन

संविधान संशोधन प्रस्ताव दर्ता भइसकेपछि मधेसी मोर्चाले जून प्रतिक्रिया दियो त्यसमा सरकारको सहमति छैन् ।

उहाँहरुलाई हामीले के भन्यौ भने यो तपाईहरुकै माग सम्बोधन गर्नका लागि सरकारले प्रस्ताव ल्याएको हो । र सबै मागहरु सरकार पूरा गर्न सक्दैन् । पूरा हुन्छ भन्ने तपाईहरुको इच्छा पनि नहोला । त्यसैले जति सरकार अगाडि बढेर संशोधन प्रस्ताव ल्याएको छ त्यसलाई समर्थन गर्नुस् ।
र त्यसलाई समर्थन गर्दै त्यसमा थप परिमार्जनहरु कसरी गर्न सकिन्छ बसेर छलफल गरौं । त्यसो हुँदा सरकारले जे प्रस्ताव ल्याएको छ त्यसलाई सकारात्मक रुपमा लिनुस् । तपाईहरुकै माग र आन्दोलनलाई छुने गरी ल्याइएको हो । भनेर सरकारले आफ्नो धारणा राख्यो ।

उहाँहरुले चाँहि हामीले मागेको कुरा निकै कम छ । हाम्रा मागहरु एजेण्डाहरु निकै कम आए यसलाई अझै परिमार्जन गर्नुपर्छ सरकारले भन्नुभयो । र आआफ्नो कुरा राखियो । सकारात्मक कुराकानी भयो । संशोधन प्रस्ताव अझै परिमार्जन गर्ने सहमति भएको छ ।

निर्वाचनबारे प्रारम्भिक छलफल भयो । संविधान संशोधन गरेर निर्वाचनमा जाने मोटामोटी समझदारी भयो ।

उहाँहरुले सकारात्मक रुपमा लिनुहुन्छ । प्रस्तावलाई छलफलमा लैजान सहयोग गर्नुहुन्छ भन्ने अपेक्षा छ । निर्वाचनमा जानेमा उहाँहरु तयार हुनुहुन्छ । अब देश विस्तारै निर्वाचनतिर जान्छ भन्ने सरकारको विश्वास छ ।