प्यूठान, १६ मंसिर । प्यूठानको लुप्लुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
फोप्ली– २ लुप्लुङ बाट बाग्दुला जाँदै गरेको लु १ च ७२४९ नम्बरको पिकअप फोप्ली– २ लुप्लुङमा दुर्घटना हुँदा प्यूठान लुप्लुङका २९ वर्षीय प्रमोद सुनारको मृत्यु भएको हो । सुनारको अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गाडीका सहचालक २२ वर्षीय केशब केएम गम्भीर घाइते भएका हुन् । उनको अस्पतालमा उपचार भैरहेको छ । गाडी सडकबाट करीब १०० मीटर तल खसेको छ ।













प्रतिक्रिया