काठमाडौं, १६ मंसिर । एमाले निकट अनेरास्ववियुले काठमाडौं प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि आधा घण्टा चक्काजाम गरेको छ ।
अनेरास्ववियुको चक्काजामका कारण केही समय सो क्षेत्रको सवारी आवागमन प्रभावित बनेका महानगरीय ट्राफिक प्रहरी रामशाहपथले जनाएको छ । आधा घण्टाको अवरोधपछि आरआर क्याम्पस अगाडिबाट सवारी साधन चल्न थालेका छन् ।

संविधान संशोधनको विरोधमा अनेरास्ववियुले राजधानीसहित मुलुकभरिका सरकारी क्याम्पस अगाडि आधा घण्टाचक्का जाम गरिएको अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिए ।
तराईबाट पहाडी जिल्ला हटाउने प्रस्तावसहित संधिवान संशोधनका लागि सरकारले विधेयक दर्ता गराएपछि अनेरास्ववियु, युवा संघ नेपालसहितका एमाले निकट भातृसंगठनहरू सडक आन्दोलनमा उत्रिएका छन् ।













प्रतिक्रिया