१९ कार्तिक २०८३, बिहिबार

यस्ता छन् कञ्चनपुर प्रहरी प्रमुखका नयाँ योजना

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

15228002_675899362592659_251411779_n– मोहन विष्ट

कञ्चनपुर, १६ मंसिर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका आउँने अधिकाँस प्रहरी प्रमुखले आउँदा ठुलै सपना बोकेर आउँने गरेका छन् ।

कार्यालयको प्रमुखको जिम्मेबारी पाएर आएका हालसम्मका कञ्चनपुरका प्रहरी प्रमुखहरुले पत्रकार परिचयात्मक कार्यक्रममा आफ्ना योजना तथा कार्यक्रम अघि सार्ने तर, व्यवहारमा ठीक त्यसको उल्टो उल्टो मात्रै गरेका छन् ।

आउँदा धेरै राम्रो राम्रो महोत्वाकाँक्षी योजना ल्याउने अनि भित्रभित्रै अवैध रुपमा अशुल्ने नियमिता गर्ने भनेको जस्तो नगर्ने र जाँदा सुकुक्क जाने गरेको परिपार्टी छ । तर, यस पटक जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेबारी पाएका प्रहरी उपरीक्षक प्रकास बहादुर चन्दले फरक मत अभिव्यक्त गरेका छन् ।

बुधबार यहाँका सचारकर्मीहरुसितको परिचयात्मक कार्यक्रममा उनले अन्य प्रहरी प्रमुखको भन्दा फरकशैलीमा आफ्ना योजना अघि सारेका छन् । आफु सुदूरपश्चिमकै भएकाले पनि आफ्नो माटो र यहाँका जनताको रक्षा गर्ने अभिभारा बोकेको समेत बताएका छन् ।

हालै सुर्खेतबाट सरुवा भएर कञ्चनपुर प्रहरी प्रमुखको जिम्मेबारी पाएका प्रहरी उपरिक्षक चन्दले विभिन्न जनमुखी योजना अघि सारेका छन् ।

उनले कञ्चनपुर जिल्ला प्रहरीका हरेक प्रहरी यूनिटमा सेवाग्रह्रीका लागि ‘गोलघर’को व्यवस्था गर्ने बताएका छन् । ‘सबै प्रहरी यूनिटको निरिक्षण गरेर मैले सेवाग्रहीका लागि व्यवस्थित गोलघर बनाउन निर्देशन दिन्छु ।’ उनले भने ‘हरेक सेवाग्राहीलाई प्रहरीले सभ्य, भव्य आँचरण गर्नका लागि प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्छु ।’

यस्तै जिल्लाका मुख्य शहर महेन्द्रनगर र बेलौरीलाई अपराधमुक्त बनाउनका लागि सिसिटिभी क्यामेरा जडानका साथै सीमा क्षेत्रमा अपराधिक कृयाकलाप न्यूनिकरणका लागि समेत क्यामेरा जडान गर्न विषेश पहल गर्ने बताए ।

यस्तै कञ्चनपुर सीमा क्षेत्रको जिल्ला भएका कारण यहाँ साना हातहतियारको ओसारपसार हुन सक्ने भन्दै जिल्लालाई हतियारमुक्त बनाउने समेत उनको अर्के रणनीति छ ।