गुल्मी, १६ मंसिर । गुल्मीमा आजदेखि स्थानीय राजनीतिक दल र संघसंस्थाहरूले अनिश्चिकालीन आमहड्तालको घोषणा गरेका छन् ।
संविधान संशोधनमा पहाडी जिल्ला छुट्टाएको बिरोधमा बुधवार राती सम्पन्न विभिन्न राजनैतिक दल, संघ संस्था, पत्रकार, नागरिक समाज लगायतको बैठकले आन्दोलनको कार्यक्रमलाई थप सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको हो ।
यातायात, बजार, पसल, सरकारी कार्यालय सबै ठप्प बनाउने सर्वदलीय बैठकले निर्णय गरेको छ ।
आज एक दिनका लागि शैक्षिक संस्थाहरु खुल्ने तथा भोलिदेखि सबै क्षेत्र अनिश्चिकालका लागि बन्द गर्ने बताइएको छ ।
आज जिल्ला प्रशांसन कार्यालय, जिल्ला विकास समितिको कार्यलय गुल्मी लगायतका कार्यालयमा कामकाज ठप्प पार्ने निर्णय समेत गरिएको छ ।
आन्दोलनलाई प्रभावकारी बनाउन ९ सदस्यीय रहेको आन्दोलन परिचालन समिति गठन गरिएको छ ।













प्रतिक्रिया