काठमाडौं, १५ मंसिर । पार्टी एकता पश्चात बसेको राप्रपाको केन्द्रीय समितिको बैठकले पार्टीको महाधिबेशनको मिति, स्थान, व्यवस्थापन सँगै स्थानीय तहको परिषद र निर्वाचन कार्यतालिका निर्माण गर्न बुद्धिमान तामाङ्गको संयोजकत्वमा गठित कार्यदलले आज पार्टी अध्यक्ष कमल थापालाई प्रतिवेदन वुझाएको छ ।
प्रतिवेदन बुझ्दै अध्यक्ष थापाले समय सीमा भित्र कार्य सम्पन्न गरी प्रतिवेदन बुझाएकोमा संयोजक तामाङ्ग र सदस्यहरुलाई धन्वयाद दिएका थिए ।
यस बारेमा आवश्यक छलफल गरी निर्णय लिनका निमित्त अध्यक्ष थापाले कार्य सम्पादन समितिको बैठक आगामी मंसीर १८ गते शनिबार बोलाएको कार्यदलका सदस्य राजाराम बर्तौलाले जानकारी दिए ।













प्रतिक्रिया