काठमाडौं, १५ मंसिर । नेपाल पत्रकार महासंघले २०७३ साल साउन ३० गते ब्लड क्यान्सर भएर निधन भएका पत्रकार दिलिप लामाको परिवारलाईनगद रु ५७ हजार ९ सय ८० रुपैया सहयोग प्रदान गरेको छ ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाले आयोजना गरेको आर्थिक रुकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रको तर्फबाट नेपाल अमेरिका पत्रकार सघंले उपलब्ध गराएको रु ५२ हजार ९ सय ८० र ललितपुर शाखाको तर्फबाट रु ५ हजार रुपैया प्रदान गरिएको हो ।
उक्त कार्यक्रमा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्दै्र विष्टले एक पछि अर्को गर्दै होनाहार पत्रकार गुमाउनुु परेको भन्दै दुःख व्यक्त गर्नुभयो । यहाँले यस्ता धेरै घटनाले गंम्भीर विचल्ली बनाएको विचार व्यक्त गर्नुभयो । उहाले यो आर्थिक सहयोगले पीडित परिवालाइ थोरै भए पनि राहात मिल्ने बताउनु भयो
साथै कार्यक्रमा बोल्दै डा. विष्टले पत्रकारहरुको भौतिक तथा पेसागत विषयहरुमा समेत सरकार तथा सम्बन्धीत निकायहरुमा छलफल भैरहैको जानकारी गराउनुभयो । उहाले देशको अर्थिक विकास र संवृद्धिका निम्ती नितिगत विषयहरुमा ध्यान दिनुपर्ने पनि बाताउनु भयो ।
कार्यक्रममा बोल्दै ललितपुर जिल्ला शाखा अध्यक्ष लेखनाथ न्यौपानेले शाखाको तर्फबाट भएको सानै आर्थिक सहयोगले पनि अर्थ राख्ने विचार व्यक्त गर्नुभयो ।
सहयोग रकम बुझदै दिवंगत पत्रकार दिलिप लामाकी जिवनसंगिनी गिता देवि ग्याल्बोले हाल आफु संयुक्त परिवारमै रहेकोले अर्थिक समस्या नरहेतापनि आगामि दिनहरुमा छोरिलाइ स्कुल पढाउने दिनसम्ममा समस्या पर्नसक्ने भन्दै सहयोगि हातहरुलाइ धन्यबाद व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रेस चौतारीका सचिव डल्ली आर्चाय, प्रेस सेन्टर नेपाल ललितपुर जिल्ला अध्यक्ष रामहरि कार्कीलगायत प्रभुनारायण शाह तथा अमृतनाथ तिम्मीसिना लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो ।












प्रतिक्रिया