१९ कार्तिक २०८३, बिहिबार

‘प्रचण्डको पाराले दुःख पाए साराले, राजीनामा देउ’

10.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

annsfu-pokhara
फाइल तस्वीर

पोखरा, १५ मंसिर । मंगलबार राति नेपाली संचार दुनियामा एउटै खबरले राम्रो स्थान पायो । त्यो हो सीमांकन हेरफेरसहित संबिधान संशोधन प्रस्ताव संसदमा दर्ता । यो खबरसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आन्दोलनमा उत्रिएको छ ।

राष्ट्रहित विपरित गरिन लागेको संबिधान संशोधनको विरुद्धमा एमालेका भातृ संगठनहरु आन्दोलनमा उत्रिएका छन् । यसैबीच अनेरास्ववियु कास्कीले बुधबार विरोध कार्यक्रम गरेको छ ।

राष्ट्रघाति भनिएको संविधान संशोधनमा उद्देश्य कर्णाली कोशी नदीसंगै सिंगो तराई प्रदेश बनाएर भारतमा लगेर बेच्ने, हिन्दी भाषालाई राष्ट्रिय काम काजको भाषा बनाउने, बुहारी नागरिकता प्रदान गरेर देशको राष्ट्रियता कमजोर बनाउने जस्ता चलखेल गरिएको र त्यो नेपाली जनतालाई स्वीकार्य नहुने अनेरास्ववियु पृथ्वी नारायण क्याम्पस सम्मेलन आयोजक कमिटी संयोजक राजन शर्मा पराजुलीले बताए ।

विरोध कार्यक्रममा बोल्दै अनेरास्ववियु कास्की अध्यक्ष विवेक देवकोटाले जे मन लाग्यो त्यहि गर्ने प्रचण्ड सरकारले देशको हित हुने काम केहि नगर्ने तर भारतको चाकडी गरेर देश बेच्न लागेको र देश जोगाउनका लागि अनेरास्ववियु मर्न तयार रहेको र देश जोगाएरै छोड्ने बताए ।

यससंगै अनेरास्ववियु कास्कीले थप आन्दोलनको चरणमा आज कास्कीमा कुनै पनि सरकारी गाडी चल्न नदिने घोषणा गरेको छ ।

अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य आशिर्वाद सुवेदीले कार्यक्रमको कोण सभा समापन गर्दै भने, बेलुका सुतेको नेपालीलाई विहान ब्युझिदा भारतमा पुर्याउने दुस्साहस गर्ने प्रचण्ड एण्ड कम्पनीको ‘देशद्रोही’ कदम फिर्ता नभए सम्म सम्पूर्ण राष्ट्रवादी नेपाली आन्दोलनमा उत्रिनु पर्ने बता।

विरोध कार्यक्रममा वर्तमान सरकारको विरोध गर्दै सहभागीहरुले ‘प्रचण्डेको पाराले दुःख पाए साराले, प्रचण्डे सरकार राजीनामा दे, राष्ट्रघाति संबिधान संशोधन खारेज गर, हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ’ जस्ता नाराहरु लगाएका थिए ।