३ कार्तिक २०८३, मंगलबार

पश्चिमाञ्चल विकास मञ्चको सम्मान कार्यक्रम सम्पन्न

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samman-programme

काठमाडौं, १५ मंसिर । धवलागिरी, गण्डकी र लुम्बिनी अंचल अन्तर्गतका १६ जिल्लामा जन्मेर देशको सेवामा समर्पित लब्धप्रतिष्ठित व्यक्तित्वहरुलाई पश्चिमेलीहरुको साझा संस्था पश्चिमान्चल विकास मंचले आज सम्मान गरेको छ ।

सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण श्रेष्ठको प्रमुख आथिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व पश्चिमान्चल विकास मंचका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको थियो ।

देशको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एवं सुरक्षा निकाय र ब्यापार–व्यवसाय मार्फत लामोसमयदेखि देशको सेवामा योगदान पुर्याउनु भएका र पुर्याउँदै आउनु भएका विशिष्ट व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि र मंचका अध्यक्षले प्रमाण –पत्र सहित दोसल्ला ओडाएर सम्मान प्रकट गर्नुभएको थियो । रक्षामन्त्री बालकृष्ण खाँड र मन्त्रीद्वय हितराम पाण्डे र शंकर भण्डारीले कार्यक्रममा शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

samman-programme-1

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवं सर्वोच्च अदालतका पूर्व प्रधान्याधीश कल्याण श्रेष्ठज्यूले समाजका लब्धप्रतिष्ठित र स्वनामधन्य व्यक्तित्वहरुलाई एकै ठाउँमा जम्मा गर्न पश्चिमान्चल विकास मंच सफल भएको र यो पुँजीलाई राष्ट्र विकासको मूल धारमा लगाउन प्रेरणा मिलोस् भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

आयोजकका तर्फबाट मंचका अध्यक्ष एवं आईएमई समुहका अध्यक्ष तथा सफल युवा उद्यमी चन्द्रप्रसाद ढकालले कालीगण्डकी कोरिडोरलाई दक्षिणी छिमेकी भारतको नाका सुनौली र उत्तरी छिमेकी चीनको कोराला नाकासँग जोड्न सक्दा र व्यस्थित गर्न सक्दा यस क्षेत्रको आर्थिक विकास हुने र जनताको जीवनस्तरमा सुधार आउने आउने भन्दै त्यस कार्यमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।

मंचका अध्यक्ष ढकालले मंचका शुभचिन्तक एवं नेपाल सरकारका पुर्व मुख्य सचिव तथा पुर्व परराष्ट्र एवं गृहमन्त्री माधव घिमिरेको दुःखद मोटर दुर्घटनाले आफु र संस्थालाई मर्माहत बनाएको भन्दै दुःख व्यक्त गर्नुभएको थियो ।

वि.स. २०६२ मा स्थापना भएको पश्चिमान्चल विकास मंचमा अहिले आजीवन र साधारण गरी २३१ सदस्य आवद्ध हुनुहुन्छ । गएको असारमा सम्पन्न मंचको नबौं अधिवेशनबाट चन्द्रप्रसाद ढकाल अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।