पाँचथर, १५ मंसिर । पाँचथर प्रहरी प्रमुख डीएसपी नकुल पोखरेलले साविक चोकमागु गाविस ६ का असाय दृष्टिबिहीन महिलालाई मंगलबार जाडोको लूगा सहित बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरेका छन ।
जनसेवा सममजको संयोजनमा चोकमागू ८ जोरकूलोका २३ बर्षीया सजिना तूम्वापोलाई लगाउने कपडा दिइएको हो ।
तूम्वापो दृष्टिविहिन, सूस्तमनस्थितिकी, बोल्न नसक्ने हिडडूल गर्न नसक्ने विपन्न परिवारकी हून । तूम्वापोलाई डिएसपी पोखरेलले ब्यक्तिगत उनीको ट्राउजर दूई थान, स्विटर १ थान, टोपी १ थान, चामल १ बोहोरा, लूगाधूने र नूहाउने सावून १,१ दर्जन हस्तारण गरेका छन् ।
डिएपी पोखरेलले पाँचथर रहूनजेल बिपन्न तूम्वापो परीवारलाई मासिक १ बोहोरा चामल प्रदान गर्ने प्रतिबद्धता गरेका छन ।
यसरी असक्त विपन्न परीवारलाई सहयोग गरी मानवीय ब्यवहार गर्ने प्रति परीवारजनले खूसी ब्यक्त गरेका छन । जनसेवामा निरन्तर लागीरहने जनसेवासमाजका अध्यक्ष राजू अधिकारीले बताएका छन ।













प्रतिक्रिया