१ कार्तिक २०८३, आइतबार

एमाले संसदीय दलको बैठक बस्दै, संविधान संशोधनविरुद्ध कडा निर्णय आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, १५ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

विहान ११ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा सरकारले संसदमा दर्ता गराएको संविधान संशोधनविरुद्ध के गर्ने भन्ने रणनीति तयार पारिने सचिव योगेश भट्टराईले जानकारी दिए ।

‘राष्ट्रघाति तथा देश विखण्डन गर्ने संशोधन प्रस्तावविरुद्ध कसरी अगाडि बढ्ने, भातृ संगठनलाई कसरी परिचालन गर्ने भन्ने विषयमा निर्णयहरु हुन्छ,’ भट्टराईले भने– ‘संशोधन प्रस्ताव कुनै हालतमा अगाडि बढ्न दिँदैनौं ।’

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले संशोधन प्रस्ताव पारित गरेर संसदमा दर्ता गराएसँगै एमाले भातृ संगठनहरु सडकमा उत्रिइसकेका छन् । विशेषगरी पाँच नम्बर प्रदेशमा सबै दल विरोध उत्रेका छन् ।