१९ कार्तिक २०८३, बिहिबार

हिमाल र लुम्बिनी जोड्ने बल्ढेंङगढीको मनोरम दृश्य (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balldheggadhi-photo-feature-3

– नरेश केसी

बल्ढेङगढी पाल्पा, १४ मंसिर । बल्ढेङगढी ऐतिहासीक हिसाबले अत्यन्तै महत्वपूर्ण ठाउँ भएता पनि राज्यको उदासीनताको कारण संरक्षण हुन सकेको छैन । तथापी पछिल्लो केही वर्ष यता चर्चामा आउने थालेको छ ।

ऐतिहासिक दस्ताबेजले पनि बल्ढेङगढी मगर राजाको प्राचिन राजधानी भएकोले यसका संरक्षण आवश्यक रहेको देखाएको छ । संसारमा हिमाल र लुम्बिनी एकै साथ देख्न सकिने उक्त क्षेत्रको पर्यटकीय र ऐतिहासिक सास्कृतिक महत्वलाई संकेत गरेको छ ।

balldheggadhi-photo-feature-12

तानसेन सदरमुकामदेखि ५० किलोमिटर पश्चिमदक्षिण र रुपन्देहीको सालझण्डी देखि १५ कि.मि. उत्तरमा पर्ने उक्त क्षेत्रको हावापानिको दृष्टिले पनि अत्यन्तै अब्बल छ । मगरजातिको बसोबास रहेको उक्त क्षेत्र ग्रामिण पर्यटनकोलागी मह्त्वपुर्ण रहेको देखिन्छ ।

सो क्षेत्रमा पछिल्लो समय विदेशी पर्यटकहरु पनि जान थालेका छन् भने मगर जातिका अगुवाहरुले आफ्नो प्राचिन राजधानीको बारेमा पनि चासो व्यक्त गर्न थालेका छन् ।

यसैबीच सोमबार हङकङमा बसोबास गर्ने जनजाति नेता एमबि दर्लामी मगरको एक टोलीले सो क्षेत्रको अध्ययन अवलोकन भ्रमण गरेको छ । उक्त क्षेत्रको ऐतिहासीक र पर्यटकीय महत्वको बारेमा कोरियन प्राध्यापक क्वाक युन हुनले विगत अढाई वर्ष अगाडी चासो राखी सो क्षेत्रको स्थलगत अवलोकन गरेपछि सबैले चासो व्यक्त गर्न थालेका हुन् ।

balldheggadhi-photo-feature-21

विक्रमको चौधौ सताब्दीदेखी करिब ४ सय वर्ष सम्म मगरातको राजधानीको रुपमा रहेको हालको बल्ढेङगढी क्षेत्रमा अहिले पनि बलिहाङ राजाको राजदरबारको अवशेष देख्न पाइन्छ । देउसी भैलोको उद्भव समेत सोही क्षेत्रबाट भएको ठानीने उक्त क्षेत्रबाट बलिहान राना मगरले हालको पोखरा देखी हालको भारतको गोरखपुर सम्म राज्य गरेका इतिहासकार बतांछन् । लुम्बिनी आउने पर्यटकको लागी होम स्टे र ट्रेकिंग रुट सन्चालन गर्न सकिने उक्त क्षेत्रमा सोमबार देखिएको केही रमणीय दृश्यहरु दैनिक नेपाल सहकर्मी नरेश केसीले खिचेका छन् सोही प्रस्तुत गरेका छौं ।

balldheggadhi-photo-feature-1 balldheggadhi-photo-feature-2  balldheggadhi-photo-feature-4 balldheggadhi-photo-feature-10  balldheggadhi-photo-feature-13 balldheggadhi-photo-feature-15-1  balldheggadhi-photo-feature-17 balldheggadhi-photo-feature-19