१ कार्तिक २०८३, आइतबार

कोलम्बियामा विमान दुर्घटना: ७६ यात्रुको मृत्यु, पाँचको जीवितै उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

accident-plane-1

बोगोटा (कोलम्बिया), १४ मङ्सिर । ब्राजिलका फुटबल खेलाडीहरुको टोली समेत रहेको विमान मङ्गलबार कोलम्बियामा दुर्घटनामा परेको छ ।

कुल ८१ जना यात्रु रहेको लामिया विमान सेवाको सो विमान दुर्घटनामा ७६ जनाको मृत्यु भएको र २५ जनाको शव भेटिएको छ । घटनास्थलबाट ५ जना जीवितै उद्धार गरिएको स्थानीय मेयरले जानकारी दिएका छन् ।

ला सेजा सहरका मेयर इल्कीन ओसोरिओले उद्धारकर्ताहरुले अहिलेसम्म जम्मा २५ जनाको शव भेटेको र पाँच जना जिवितै भेटिएको जानकारी दिनुभयो । – एएफपी