रामेछाप, १४ मंसिर । स्थानीय तह पुनसंरचना आयोगले रामेछाप जिल्लाको प्रस्तावित स्थानिय तह पुर्नसंरचना सम्वन्धि प्रतिवेदन फिर्ता पठाएको छ ।
जिल्लाको स्थानिय तह निर्धारणमा आयोगमा उजुरी तथा गुनासो दर्ता भएको भन्दै आयोगले त्यसलाई सच्याएर विरोध नहुने गरि स्थानिय तहको निर्धारण गर्न जिल्लाको प्राविधिक समितिलाई भनेको छ ।आयोगले जिल्ला प्राविधिक समिती तथा आयोगमा प्राप्त निवेदन तथा गुनासाहरुलाई दृष्टिगत गरि अन्तिम रिपोर्ट बुझाउन तिन दिनको समय दिएको छ ।
रामेछापका स्थानिय विकाश अधिकारी दिनेशराज पन्त संयोजक रहेको स्थानिय तह पुर्नसंरचना प्राविधिक समितीले रामेछापलाई दुई नगरपालिका र ६ गाँउपालिका बनाउने प्रस्ताव सहित स्थानिय तहको खाका स्थानिय तह पुनसंरचना आयोगमा पठाएको थियो ।तर प्रस्तावित खाकामा असन्तुष्टि जनाउदै अधिकास गाविसका नागरिकले विरोध सहित आयोगमा गुनासो दर्ता गराएका थिए ।
यसैबिच स्थानिय तह पुनर्संरचना प्राविधिक समिती रामेछाले हेरफेरका लागी आयोगले पठाएको प्रतिवेदनलाई बुधबार सम्म हेरफेर गरी केन्द्रमा पठाउने तयारी गरेको छ । स्थानिय तह पुर्नसंरचना प्राविधिक समिती रामेछापका संयोजक एवं स्थानिय विकाश अधिकारी दिनेशराज पन्तका अनुसार स्थानीय तह पुनसंरचना आयोगमा जिल्लाको प्रतिवेदन पठाएदेखिनै जिल्लमा बिभिन्न ठाँउबाट त्यसको बिरोधमा ज्ञापनपत्रहरु आएका छन् ।
तिनै जनताको गुनासो हरुमा सरोकारवालाहरुसंग छलफल गरी बुधबार सम्म फेरी जिल्लाको प्रतिवेदन केन्द्रमा पठाउने तयारी भैरहेको उहाँले जानकारी दिनुभयो । प्रतिवेदन हेरफेरका लागी मंसिर ७ गतेनै पठाएको भएपनि अहिलेसम्म त्यस्तो घनिभुत छलफल तथा गृहकार्य नगरेका उहाँले बताउनुभयो । पहिला पनि धेरै छलफल गरेर पठाएको हुनाले मंगलबार र बुधबार छलफल गरी फेरी आयोगमा प्रतिवेदन पठाउने उहाँको भनाई छ । राजनैतिक दलहरुसंग त्यस्तो गृहकार्य नगरेको भएपनि उनिहरुको धारणलाई सुनेर निश्कर्ष निकालिने पन्तको भनाई छ ।
नगरपालिका भैसकेको सदरमुकाम मन्थलीलाई सावीकको गाविसको वडाअनुसार प्रस्ताव गरिदा नगरपालिकाको वडा टुक्रिन गएको, प्रस्तावित शैलुङ दोरम्बा गाँउपालिकालगाएत अन्यको हकमा पनि भौगोलिक निरन्तरता नभएको लगाएतका गुनासो परेको आयोगले जनाएको छ ।













प्रतिक्रिया