१ कार्तिक २०८३, आइतबार

ब्राजिलका फुटबल खेलाडी बोकेको विमान दुर्घटना

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BIMAN

काठमाडौं, १४ मंसिर । ब्राजिलियन फुटबल टोलीका सदस्यहरू बोकेको विमान कोलम्बियामा दुर्घटना भएको छ ।

बोलिभियाबाट चार्टर गरी उडेको उक्त विमानमा करिब ७२ जना यात्रु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मेडेल्लिन अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो ट्वीटर एकाउन्टमार्फत विमानमा समस्या आएको पुष्टि गरेको छ । तर, दुर्घटनाको कारण खुलाएको छैन् ।

कोलम्बियाका अधिकारीहरुले विमानमा ब्राजिल फुटबल टोलीका सदस्यहरू रहेको पुष्टि गरेका छन् । उनीहरु कोपा सुडामेरिका प्रतियोगितामा बुधबार एथ्लेटिको नासियोनलसँग फुटबल खेल्न त्यसतर्फ गइरहेका थिए ।

समाचारपत्र द गार्डियनका अनुसार मेडेल्लिनका मेयर फडेरिको गुटिएर्रेजले विमान दुर्घटनामा यात्रु जिवित रहन सक्ने सम्भावना रहेको बताएका छन् । उनका अनुसार एम्बुलेन्स तथा उद्धारकर्मीको टोली दुर्घटनास्थल पुगिसकेको छ ।