बाजुरा, १४ मंसिर । संविधान संशोधनको विरोधमा एमालेको भातृसंगठनहरूले बाजुरामा जुलुस प्रदर्शन गरेका छन् ।
एमाले निकट युवा संघ र अनेरास्ववियुले सदरमुकाम मार्तडीमा नारा जुलुससहित विरोध गरेका हुन् । दुनी हाटबजारबाट सुरु भएको विरोध जुलुस खुलामञ्च हुँदै लोकतान्त्रिक चोकमा आएर कोण सभामा परिणत भएको थियो ।
वर्तमान सरकारले नेपाली माथि अन्याय र सिंगो राष्ट्रमाथिको घात गर्न खोजेकोले त्यसको विरोधका लागि जुलुस प्रदशन गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष जंगबहादुर विकले बताए । प्रचण्ड नेतृत्वको सरकारले ९० प्रतिशत बढी सांसदको समर्थनमा बनेको संविधानलाई विफल बनाउन लागेकोले त्यसको उनीहरुको आरोप थियो ।
राष्ट्रघाती संसोधन प्रस्ताव भन्दै एमालेले पारित गर्न नदिने गरी सदन र सडक दुबै ठाउँबाट शक्ति देखाउने बताईसकेको छ । पार्टी अध्यक्ष केपी ओलीको निर्देशनपछि प्रर्दशन गरिएको हो । युवा संघ र अनेरास्ववियुले वर्तमान सरकार विरुद्ध चर्का नारा बाजी गरेका थिए ।












प्रतिक्रिया