
सोलुखुम्बु, १३ मङ्सिर । सोलुखुम्बु र रामेछापको सिमानालाई केन्द्रबिन्दु बनाएर आज (सोमबार) बिहान गएको भूकम्पका कारण सोलुखुम्बुमा एक जनाको मृत्यु भएको छ भने एक घाइते छन् ।
भूकम्पलगत्तै आमादब्लम हिमालको आधार शिविरमा हिमपहिरो जाँदा खुम्जुङका फुनुरु शेर्पाको ज्यान गएको र एक फ्रान्सेली घाइते भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
यस्तै चौँरीखर्कमा दुई घरसमेत भत्किएको प्रहरीले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार विहान ५ बजेर २० मिनेटमा नाम्चे आसपास केन्द्र बनाएर ५ दशमलब ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।












प्रतिक्रिया