१९ कार्तिक २०८३, बिहिबार

बोहराको निधनले पत्रकारिता जगतमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karna-boharaकाठमाडौँ, १३ मङ्सिर । नेपाल पत्रकार महासङ्घले आफ्नो कञ्चनपुर शाखाका पूर्वअध्यक्ष कर्ण बोहराको ३८ वर्षको अल्पायुमै भएको निधनले आफू मर्माहत भएको जनाएको छ ।

सात महिनादेखि यहाँ रहेर श्रीमतीको उपचार गराउँदै आउनुभएका बोहरा स्थानीय भेनस अस्पतालमा मृत भेटिनुभएको थियो । बझाङ, स्याडीका बोहराले दुई दशकदेखि कञ्चनपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता जगत्ले योग्य, होनहार, कुशल र ऊर्जावान् पत्रकार गुमाएको महासङ्घद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । रासस