१९ कार्तिक २०८३, बिहिबार

‘उपत्यकावासीले अब लोडसेडिङ तालिका देख्नु पर्दैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

janardan-sharma

भक्तपुर, १३ मङ्सिर । ऊर्जामन्त्री जनार्दन शर्माले अब काठमाडौँ उपत्यकावासीले विद्युत्भार कटौती तालिका देख्नु नपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले उपत्यकाभित्र भएएको विद्युत् चुहावट नियन्त्रण भइरहेको बताउँदै अब विद्युत् उत्पादनलाई तीव्रताका साथ सम्भाव्य क्षेत्रको पहिचान गरी काम गर्न सके विद्युत्भार कटौतीको अन्त्य गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।