काठमाडौं, १३ मंसिर । संघीय गठबन्धनको बैठक तीनकुनेमा जारी छ ।
बैठकमा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल भइरहेको छ । उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाका अनुसार सरकारबाट समर्थन फिर्ता लिने बारेमा छलफल भइरहेको र निर्णय आजै आउनेछ ।
‘संविधान संशोधनका लागि कात्तिक २९ गते सरकारलाई दिएको १५ दिने अल्टिमेटम आज सकिदै गरेको अवस्थामा सरकारबाट समर्थन फिर्ता लिएर पुनः आन्दोलनमा जाने अथवा गठबन्धनको भावी रणनीति के हुने बारे छलफल हुँदैछ,’ चौरासियाले भने ।
मधेसका माग सम्बोधन गर्ने शर्तमा तीन बुँदे सहमतिसहित बनेको कांग्रेस माओवादी गठबन्धनलाई हाल संघीय गठबन्धनले समर्थन जनाउँदै आएको छ । तर, संविधान संशोधन प्रस्ताव ल्याउन सरकारले आनाकानी गरिरहेको छ । सहमति जुटेन् भन्दै पछि हटिरहेको छ । जसका कारण मधेसवादी दलका नेताहरु समर्थन फिर्ता लिने मनस्थितीमा पुगिसकेको बताइन्छ ।













प्रतिक्रिया