१९ कार्तिक २०८३, बिहिबार

उपल्लो मुस्ताङका प्रहरी चौकी अस्थायी मर्ज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mustang-police

– केशव बिक

मुस्ताङ, १३ मंसिर । जिल्लाको उपल्लो मुस्ताङका प्रहरी चौकीहरु मर्ज हुन थालेका छन् । चिसो बढेपछि स्थानियको चहलपहल घटेका कारण प्रहरी चौकीहरु अस्थायी रुपमा मर्ज गरिएको हो ।

घमी, सुरखाङ, छोन्हुपका प्रहरी चौकीलाई लोमान्थाङ, छुसाङ, मुक्तिनाथ र जोमसोममा स्थानान्त्रण गरिएको प्रहरी नायव उपरिक्षक हरिहरनाथ योगीले बताए ।

चिसो बढेसंगै उपल्लो मुस्ताङका स्थानिय जाडो छल्न बेशी झर्ने भएकाले इन्धन, दैनिक उपभोग्य सामान लगायतका पूर्वाधारको समस्या हुने र हिमाली क्षेत्रका प्रहरीलाई सरकारले ठाउँ अनुसारको पोसाकको व्यवस्था नगर्दा जाडो समयका लागि प्रहरी चौकी मर्ज गर्नु परेको प्रहरी नायव उपरिक्षक योगीले बताए ।

मर्ज गरिएका प्रहरी चौकीलाई चिसो कम हुँदै गएपछि र स्थानिय बेशीबाट फर्किने क्रम बढेसंगै पुनः पहिलेकै ठाउँमा पुनर्स्थापना गरिने बताइएको छ ।