पाँचथर, १३ मंसिर । शान्ति तथा पुनर्निर्माण मन्त्री शान्तिदेवी यादवले दश बर्ष लामो मुलुकमा चलेको द्वन्द्वको घाउ अझै निको भइनसकेकाले आपसी सद्भावको विकास गर्दै अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।
सोमबार स्थानिय शान्ति समिति पाँचथरले आयोजना गरेको अन्तक्रियामा मन्त्री यादवले द्वन्द्वपीडित परिवारलाई सद्भाव खाँचो रहेको बताइन् ।
समितिले जिल्लामा भएगरेका कामको प्रगती विबरणसमेत प्रस्तुत गरेको थियो । जिल्ला संयोजक तूम्बीहाङ नेम्वाङले समग्रहमा जिल्लाको शान्तिीप्रकृयाको बारे बोलेका थिए । द्वन्द्व पीडितका लागी मन्त्रालयले छूटयाइएको राहात रकम पीडितलाइ न्यून भएकाले रकम बढाउन पीडितपक्षका गोपाल न्यौपानेले मन्त्री यादव समक्ष माग गरे ।
शान्तिमन्त्रालय बाट जिल्लामा आएको बजेटले पुनर्निर्माणमा अपूग हूने निमित्तस्थानिय बिकास अधिकारी भानू बरालले प्रस्टयाएका थिए । शान्तिसमीतिका संयोजक तूम्बीहाङको अध्यक्षामा भएको अन्र्तकृयामा निर्वाचीत नेका मान्य साम्सद भिष्मराज आङदम्बे, जिल्लास्थीत राजनैतिक दलका प्रतिनिधि, सरकारी निकायका प्रमूख, सूरक्षाअधिकारीहरुको उपस्थीतिरहेको थियो ।
कार्यक्रमलाई शान्ति समीतिका सदस्य मित्र प्रसाद काफ्लेले स्वागत गरेका थिए । मन्त्री यादवको उपस्थीतिमा आजै पाँचथरको जोरपोखरी बालार्चूदर्शीमा कार्यक्रम भइरहेको आयोजकले जनाएका छन ।













प्रतिक्रिया