१ कार्तिक २०८३, आइतबार

रेल बनाउने कुरामा किन झेल गरियो ?

26.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-china-rail-project

केपी ओलीको चीन भ्रमण पश्चात केरुङ्ग–काठमाडौं र काठमाडौं–पोखरा–लुम्बिनीसम्म रेल बनाउन चीन तयार भएको थियो । सर्बेको लागि तुरुन्तै ३ वटा टोली पनि आयो । अरु खानी अन्बेषणको लागि पनि टोली आएकै हो । तर अहिले सबै चर्चा सेलायो । यसलाई जसरी भए पनि भारतले भाड्न चाएको देखिन्छ । त्यसैले ओलीलाई प्रधानमन्त्रीबाट हटाइयो । अहिले प्रचण्ड सरकार आलटाल नीति अबलम्बन गर्दैछ भन्दा फरक नपर्ला । कस्तो दुष्ट छिमेकी होला ? हामीले चीनतिर रेल बनाउँदा उसको सुरक्षामा असर पर्छ रे ? अनि भारततिर बाट नेपाल रेल बनाउँदा चाहिँ चीनको सुरक्षामा असर पर्दैन ? भारतलाई कुनै अफ्ठेरो नपर्ने गरी हामीले आफ्नो देशमा विकास गर्न नपाउने ? के नेपाल भारतको उपनिवेश हो ? भारतीय हस्तक्षेप दादागिरि बाहेक अरु केही पनि हुन् सक्दैन । भारतको कुनै पनि छिमेकीसंग राम्रो समन्ध छैन ।

त्यो जमानामा हिमाल सिमेन्ट, ट्रली बस, हरिसिद्दि इट्टा आदि उद्योग सित्तैमा बनाइ दिनेले चीनका लागि काठमाडौं केरुङ्ग रेल पनि सित्तैमा बनाइ दिनु कुनै ठुलो कुरा होइन ? किनकि यो रेल बनाइदिँदा ब्यापारबाट मात्र पनि उसको लगानी सजिलै उठ्छ ? यो रेल बनेपछि नेपालले पनि सके जति निकासी ब्यापार गरेर धेरै फाइदा लिन सक्नेछ ? सस्तोमा चिनियाँ र तेश्रो मुलुकबाट समान आयात हुनेछ ? भने अर्कोतिर लाखौँ चिनियाँ पर्यटक आउनेछन् । चिनियाँ नयाँ वर्ष सुरु हुनै लाग्यो चिनियाँ नयाँ वर्षमा १ महिना सार्बजनिक बिदा दिने चलन छ । त्यो बेला नेपालले धान्नै नसक्ने गरी चिनियाँ पर्यटक नेपाल आउने छन् । १८ करोड चिनियाँ बुद्धिस्ट पनि सबै बेला लुम्बिनी आउने छन् । चिनियाँ रेल आएमा नेपालको विकासको कायापलट हुनेछ ।

प्रधानमन्त्री स्वयंले बजेट छैन कसरी बन्छ रेल मार्ग भनेका छन् । बजेटबिना कसरी त्यत्रो जनयुद्ध चाहिँ सञ्चालन भयो त ? इच्छा शक्ति हुने हो भने कुनै पनि मेघा प्रोजेक्ट बनाउन बजेटले रोकिदैन । नेपाल सरकारले लगानी गर्नुपर्छ । पैसा चाहिएको हो भने सेयर खोलेर जनताबाट पैसा उठाउनु पर्छ । बैंक तथा बित्तीय संस्थाहरूले पनि लगानी गर्छन् । चीनले पनि सहयोग गर्छ । काम अगाडि बढाउने हो भने रेलमार्ग बनाउन कुनै समस्या छैन ।

चिनियाँ रादूतले पनि प्रधानमन्त्रीसंग बिदाइ भेटमा ढुक्क हुनुहोस रेल आउँछ भनेर गएका थिए । भुलाउने र झुलाउने अनि चुनाब पनि नगर्ने रणनीतिमा प्रचण्ड छन् । यो रेल योजना केही वर्ष ढिला भए पनि कुनै माइकलालले भाड्न सक्दैन । किनकि नेपाली जनताले प्रष्ट बुझिसकेका छन् सबैको नियत ।

चुनाव हुने हो भने राष्ट«घाति र लम्पसारवादको सिट अत्यन्तै कम आउनेछ । सोसल मिडियाले गर्दा जनताको चेतनाको स्तर धेरै बढेको छ ।

चिनियाँ राष्ट्रपति आएको भए केरुङ्ग–काठमाडौं रेलको बिधिबत शिलान्याश हुने सम्भावना थियो । हतारमा भारतीय राष्ट्रपतिको भ्रमण गराइयो । भारतीय राष्ट्रपति आउँदा जनताले कति साथ र सम्मान दिए अनि कति आलोचना गरे जगजाहेर नै छ ।

Minहुन त अर्काको मात्र आश गर्नु ठीक होइन । तर अहिलेको स्थितिमा चीनले रेल बनाइदिन्छु भन्दा नाइँ हुन्न पर्दैन भन्ने स्थितिमा हामी छैनौ । अब हामीले बिस्तारै बिस्तारै परनिरभरता घटाउँदै र हटाउँदै लानु पर्छ । अहिले चीनको ब्यापार संसारको २०० भन्दा धेरै देशमा फैलिएको छ । हामीले गर्व गर्नुपर्छ कि त्यस्तो देशसंग सीमा जोडिएको छ । मेरो व्यक्तिगत धारणामा भारतसंग सीमा जोडिनु हाम्रो दुर्भाग्य नै हो । ५० करोड बेरोजगारी भएको देशसंग खुल्ला सीमा राखेर मुलुक बन्नला त ? खैर अहिले हामीलाई चाहिने प्रशस्त पर्यटक चीनमै छन् । अनि हामीलाई चाहिने सम्पूर्ण उपभोग्य सामान पनि अरु देशमा भन्दा चीनमै सस्तोमा पाइन्छ । चिनियाँ रेल कुनै पनि हालतमा बन्नु पर्छ ।

चीनमा ३० हजार किलोमिटर मेट्रो रेल लाइन बनिसकेको छ । कयौँ ठाउँमा बन्ने क्रममा छ । त्यसैले उसको लागि नेपालमा दुर्इ तीन सय किलोमिटर रेल बनाइदिनु कुनै ठूलो कुरा होइन । रेल बनाइदिँदा उसको पनि त ब्यापार बढ्छ । जस्तोकि अरनिको राजमार्ग बनेर चीनले नेपालतिर अर्बौंको ब्यापार गरेको थियो ।

दोश्रो कुरा चीनसंग खर्बौं डलर पैसा जम्मा भएको छ । चीनले आफ्नै लगानीमा पाकिस्तानमा एसियाकै ठूलो बन्दरगाह बनाउदै छ । अब यो बन्दरगाहमार्फत धेरै देशमा पानि जाहजबाट समान निर्यात र आयात हुनेछ । खर्बौंको कारोबार हुनेछ । नेपालमा केपी ओलीले जाहज किन्नु पर्छ भन्दा हावा कुरा भनेर उडाइयो ।

देशलार्इ घात गरेर अर्बौं कुम्ल्याउनेहरूले गर्दा नै आज प्रजातन्त्र राम्रोसँग उपभोग गन नसकिएको हो । देशको अस्तित्व संकटमा परेको हो । गणत्रन्त्र खतरामा परेको छ । अनि बेरोजगारी र अस्थिरता बढेको हो । भारतले हेपेको हो । भाषण गर्दा जनताको लागि अधिकार चाहिन्छ भनेर मुखले बोली टोपलेर मात्र पुग्छ र जब आचरण नै ठूक नभएपछि । त्यसैले देश बनाउन धेरै दिमाग चाहिँदैन र नेताले धेरै मिहिनेत पनि गर्नु पर्दैन । मात्र इमान्दार र जिम्मेबार बनि दिए पुग्छ ।