३ कार्तिक २०८३, मंगलबार

चीनको केरुङ जाने कन्टेनरको संख्या बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwagadi-naka-1

रसुवा, १२ मङ्सिर । मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ ।

ट्राफिक प्रहरी, रसुवागढीका इन्चार्ज जयराम पुडासैनीका अनुसार आजदेखि चिनियाँ पक्षले दैनिक ५० वटा ट्रक तथा कन्टेनर केरुङतर्फ पठाउन थालेपछि नेपालतर्फको ट्राफिक जाममा केही कमी आएको छ ।

चिनियाँ भूभागका चौपाहरुमा रोग लाग्न थालेको र सवारी साधनले रोग भित्र्याएको हुन सक्ने आशङ्का गर्दै मितेरी पुलमा प्रतिसवारी साधनमा १० वटा कीटनाशक औषधिको ‘स्प्रे’ गरेर मात्र चिनियाँ पक्षले ट्रक, कन्टेनर केरुङ पठाउने गरेको छ ।

शनिबार ३२ वटा मात्र सवारी साधन केरुङतर्फ गएका थिए भने आज मात्र ५० भन्दा बढी ट्रक, कन्टेनर केरुङ गएको बताइएको छ । रासस